बुटवल — गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बलात्कारपछि बालिकाको हत्या अभियोगमा शिक्षक पुर्पक्षका लागि जेल चलानचन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । खाँ स्थानीय एक मस्जिद मदरसा गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए ।
मनिषा खेतमा खेतालालाई सुर्ती पुर्याउने जाने क्रममा कात्तिक १६ गते शिक्षक खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेका थिए । भित्र लगेपछि उनलाई बलात्कार गरी हत्या गरेर सोही रातिनजिकैको हुग्दीखोलामा फालेका थिए । १६ गतेबाट हराईरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताए । बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

551 पटक हेरिएको 

