नेपालको पत्रकारीताको ईतिहास र वर्तमान परिस्थिति बारे नेपालको पत्रकारीताको इतिहास लामो, संघर्षपूर्ण र परिवर्तनशील यात्राले भरिएको छ। यसको सुरुवात वि.सं. १९५८ मा प्रकाशित ‘गोरखापत्र’बाट भएको मानिन्छ। त्यो समय नेपाल राणा शासनको अधीनमा थियो, जहाँ अभिव्यक्ति स्वतन्त्रता निकै सीमित थियो। गोरखापत्र सरकारी मुखपत्रका रूपमा स...


