जनता समाजवादी पार्टीको चौथो केन्द्रीय समितिको बैठक आजबाट ललितपुरको कुपण्डोल मा सुरु भएको छ। बैठक पार्टीका अध्यक्ष अशोककुमार राई को अध्यक्षतामा बसिरहेको हो।
दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिने तथा सांगठनिक सुदृढीकरण अभियान, प्रशिक्षण कार्यक्रम लगायतका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। पार्टीका नेता अर्जुन लम्साल ले बैठकले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई एकीकृत र सक्रिय बनाउने विषयमा विशेष ध्यान केन्द्रित गरिनेछ। बैठकले पार्टीको आगामी रणनीति तय गर्ने, संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम अघि बढाउने तथा आवश्यक नीतिगत तथा सांगठनिक निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

76 पटक हेरिएको 



