नेपालमा चिनियाँहरू बरिजुटी, सुन, रुद्राक्ष, बोध चित्त रक्त चन्दन र दुर्लभ सबै खाले बस्तुको तस्करीमा र साइबर अपराध सम्म संलग्न रहेको पाइएको छ ।मुलत नेपालका हिमाल तथा पहाडहरूमा बहुमूल्य औषधिजन्य बन पैदावारहरू रहेको छ । नेपाल सरकारले केही यस्ता जडीबुटीहरूलाई अनुमति दिएर सङ्कलन गर्न दिँदै आएको छ । यार्सागुम्बा , जटामस...


