प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी, सुविधाको लाभ लिन खोजेको आरोप

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सोमबार रतन भण्डारीले कार्कीविरुद्ध उजुरी हालेका हुन् ।‍

समितिले जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन आह्वान गरेको थियो । सोही बमोजिम भण्डारीले खुला रूपमा उजुरी हालेका हुन्।

भण्डारीले उजुरीमा असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्वप्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौँको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप लगाएका छन्।

उनले न्यायालयको गरिमा बढाउन कार्कीलाई प्रधानन्यायाधीश हुन नदिन पनि उजुरीमा उल्लेख गरेका छन् । गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार