काठमाण्डौंका गल्ली गल्लीमा तस्करीमा संलग्न चिनियाँहरूको यस्तो छ रासलीला

नेपालमा चिनियाँहरू बरिजुटी, सुन, रुद्राक्ष, बोध चित्त रक्त चन्दन र दुर्लभ सबै खाले बस्तुको तस्करीमा र साइबर अपराध सम्म संलग्न  रहेको पाइएको छ ।

नेपालमा चिनियाँहरू बरिजुटी, सुन, रुद्राक्ष, बोध चित्त रक्त चन्दन र दुर्लभ सबै खाले बस्तुको तस्करीमा र साइबर अपराध सम्म संलग्न  रहेको पाइएको छ ।मुलत नेपालका हिमाल तथा पहाडहरूमा बहुमूल्य औषधिजन्य बन पैदावारहरू रहेको छ । नेपाल सरकारले केही यस्ता जडीबुटीहरूलाई अनुमति दिएर सङ्कलन गर्न दिँदै आएको छ ।

यार्सागुम्बा ,  जटामसी ,  चिराइतो , सुगन्धवाल,  सतुवा , (सतुवा) ,  पाखनभेद , पदम चाल , टिमुर , अतीस बोजो आदि नेपालमा पाइने बहुमूल्य जडीबुटी हुन ।

नेपालमा ८१९ प्रकारका जडीबुटी पाइन्छन्, तर धेरैजसो कच्चा रूपमा बाहिर पठाइन्छ।

नेपालका कर्णाली, गण्डकी र पूर्वी हिमाली जिल्लाहरू जडीबुटीका मुख्य भण्डार मानिन्छन्। विशेष गरी डोल्पा, मुगु, हुम्ला, जुम्ला, ताप्लेजुङ, सङ्खुवासभा र मनाङ जिल्लामा बहुमूल्य जडीबुटी प्रशस्त पाइन्छन्।

बिकट हिमाली जिल्लामा पाइने यी जडीबुटीहरू सङ्कलन भने स्थानीयले नै गर्दछन् । सङ्कलनको क्रममा दुर्घटनामा परी बर्सेनि मानिसहरू मर्ने गरेका पनि छन् ।

सङ्कलन पछि हुने बजारीकरणमा चिनियाँ माफियाहरूको एकाधिकार रहेको नेपाली  व्यपारीहरु बत्ताउँछन् । उनीहरू गाउँघरका लोकल ठेकेदारहरूलाई प्रयोग गरी सस्तोमा किन्ने गर्दछन् । स्थानीय सरकारका पदाधिकारीहरू, स्थानीय दलका नेता, प्रहरी प्रशासनलाई पनि उनीहरूले आफ्नो प्रभावमा पारेर कति बटा जिल्लामा त अवैध प्रशोधन केन्द्रसम्म खोलिएको पाइएको छ ।

नेपालको आयुर्वेदिक औषधि उत्पादकहरूलाई उक्त  जडीबुटीहरू कच्चा पदार्थकोरुपमा प्रयोग गर्न ठुलो कानुनी व्यवधान रहेको एक उत्पादक व्यापारीले जानकारी दिए । सङ्कलन तथा ढुवानी सेटिङ बिना ल्याउन नै नसक्ने  अवस्था हुन्छ

चिनियाँहरू काठमाण्डौंको रेस्टुरेन्टहरू बसेर नेपालीहरूलाई प्रयोग गरी मुख्यरुपले सेटिङको काम गर्दछन् ।

काठमाण्डौंको ठमेलमा अधिकांश चिनियाँ रेस्टुरेन्टहरूमा यस्ता सेटिङका सञ्जाल कर्ताहरूले नेपालका नेता, प्रशासन, उच्च पदस्थ कर्मचारी, न्यायधिशका नजिकका भनिनेहरू, प्रहरी, पत्रकार, वकिल र यस्ता ठुला पहुँचका आफन्तहरुहरुलाई लन्च , डिनर र लेनदेन गराएर सडक र हवाई मार्ग सेटिङ गराएको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार