उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लागेका थिए । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका उनलाई अर्थशास्त्रीको रुपमा चिनिन्छ ।

त्रिवीमा अर्थशास्त्र अध्यापन गराई रहेका उनले भारतको जेएनयुबाट पीएचडी गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट उनी आयोगको सदस्यमा नियुक्त भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार