खसहरुले दिए अशोक राईको पार्टीलाई साथ

समाजवादी खस संघ, नेपाल जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टीको भातृ संगठनमा रुपान्तरण भएको छ । खस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
उपेन्द्र यादवको एकल नेतृत्व, एक जातीय सोच, परिवारवाद,पार्टीको विधि विधान विपरित कार्य गरेको र आसन्न महाअधिवेशनमा समानुपातिक प्रतिनिधित्वलाई लत्याएको र आफू खुशी निणर्य गरि महाअधिवेशनलाई आफू अनुकुल निणर्य गरेको उत्पीडन समुदाहको हित भन्दा गुट उपगुट निमाणर् गरी पार्टीको उदेश्य भन्दापनि पार्टी आफु वरिपरिकालाई स्थानदिएको अरोप लगाएको छ ।

संविधानमा खस-आर्य भनि उल्लेख भएकोमा समाजवादी खस संघले खसको अगल पहिचान स्थापित गराउने आन्दोलन जारी राख्ने जनाएको छ । खस-आर्य, लाई एउटै क्लष्टरमा राख्ने विवेदकारी संविधानको संशोधन गर्न समाजवादी खस संघ, नेपाल निरन्तर आन्दोलन रहेको जानकारी गराछौं भनि संघका अध्यक्ष प्रेमनारायण थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार