प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री

असारको दोश्रो साता भित्र सरकारको नयाँ मन्त्रीहरु आईसक्ने भएका छन् ।

  रागव वस्ती
 151 पटक हेरिएको

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आपनो मन्त्री मण्डल परिवर्तन गर्न लागेका छन् ।

प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री हुने भएका छन्

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका सानादललाई सरकारमा सहभागी गराउने बारे एमाले अध्यक्ष ओली लगाएत गठबन्धन भित्र लगातार छलफल भईरहरेको छ ।
नाउपा, जनमत लगाएत अशोक राईको पार्टीलाई थप एक मन्त्री दिने बारे लगभग निश्चित भएको स्रोतले उल्लेख गरेको छ ।

नयाँ मन्त्रीमण्डलमा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको मागदाबी डा. सी.के राउतले गरेका छन् । प्रधानमन्त्री सकरात्म रहेको र नारायणकाजी श्रेष्ठसंग एक चरण कुरा भएको बारे जानकार बताउछन् ।

नाउपाबाट श्रेष्ठ र अशोक राईको समाजवादीबाट रञ्जु ठाकुरको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आपनै पार्टीबाट पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ लैजाने भएका छन् ।

असारको दोश्रो साता भित्र सरकारको नयाँ मन्त्रीहरु आईसक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार