जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

काठमाण्डु – जनता समाजवादी पार्टी ९जसपा० का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।

स्वास्थ्य मन्त्री प्रदीप यादव र वन मन्त्री किशोर शाह सुडीले शुक्रबार राजीनामा बुझाएका छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार