समाजवादी टे«ड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
श्रमिक वर्गको हक अधिकारकोलागि जारी संघर्षलाई थप उचाईमा पुर्याउन र श्रमिक वर्गको अधिकार सुरक्षित एंव ग्यारेन्टी गर्न यस समाजवादी टे«ड युनियन महासंघ आपना सवै राष्ट्रिय घटक सहित केन्द्रीय समिति, प्रदेश समिति,जिल्ला समिति, प्रतिष्ठान, इकाईहरु जनता समाजवादी पार्टीमा रुपान्तरण भएको आज एक कार्यक्रममा वितरित प्रेस विज्ञप्ति भनिएको छ ।
उत्त कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने–‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्ने बताए ’ उनीले भने –पार्टी निर्माणको यो अभिन्न अंग हो । त्यसै गरि
विशिष्ठ अथिति पार्टीका केन्द्रीय अध्यक्ष मा. अशोककुमार राईले भने – उपेन्द्र जी को एकांकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसक्ने वताए । पार्टीको महाअधिवेशनमा आफु निकट केही सख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
अर्का नेता पार्टीका महासचिव मो. ईश्तिहाक राईले भने – उपेन्द्रसंग भएको म एक्लो यस्तो व्यत्ति थिए । जो १८ बर्ष देखि काम गर्दै आएको थिए । पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाए , विभिन्न आन्दोलनमा पटक पटक जेल भयो । उहाँ चै आफु भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसक्ने । उहाँले बाबुराज जी लाई भगाउनु भयो । महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोक जी , राजेन्द्र जी हरुलाई पनि छोड्न बाध्य पार्नु भयो । श्रमिक साथीहरुको भेलाले पार्टी पंत्ती उत्साहित भएको र श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको ईतिहास रहेकोे अव श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए ।
समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति थियो ।।