प्रायोजित समाचार प्रति निवर्तमान स्वास्थ्य मन्त्री प्रदिप यादवको सचिवालयकोआपत्ति

निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल उकेरा डट कम मा प्रकाशित गरिएको समाचार प्रायोजित, झूटा र आधारहीन आरोपप्रति यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ ।

मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले जारी गरिएको खण्डनमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, प्रायोजित,आधारहीन र प्रमाणविहीन रहेको बताएका छन् ।

सचिवालयले भनेको छ, ‘मन्त्री यादवले आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रीको रूपमा पारदर्शिता र निष्पक्षताको साथ सबै सरुवा, नियुक्ति र पदस्थापनहरू कानुनी प्रक्रिया अनुसार नै गरेका थिए ।’

जसपाका एक नेताले भने- भ्रामक समाचार फैल्याएर आफु सत्ता च्यूत हुनुको बदला लिए जस्तो देखिन्छ र कर्मचारीको केही चासो भए जस्तो भान आउछ र अब बन्ने नयाँ समिकरणमा दरार ल्याउने कुचेष्ठा भएको मलाई भान हुन्छ ।

निवर्तमान मन्त्री यादवले जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै काम गर्ने व्यक्ति भएको र यस्ता झूटा समाचारहरूले जनतालाई भ्रमित पार्न सक्ने भन्दै पुनः यस्ता निराधार समाचारहरू प्रकाशित नगर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार