जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीले संगठन विस्तार तथा प्रषिक्षणलाई तिव्रता दिएको छ ।
जसपाले सातै प्रदेशमा प्रदेश समिति,राष्ट्रिय समिति,जिल्ला समितिका नेता कार्यक्रताहरुलाई प्रषिक्षण दिने भएको छ ।
साउन ०३ गते दलको कार्यालय सिंहदरबारमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको छलफलपछि धरानमा साउन १२ गते प्रदेशस्तरिय प्रषिक्षण कार्यक्रम तय भएको जानकारी प्रदेश अध्यक्ष सनबहादुर राईले जानकारी दिए ।
पार्टी निर्माणको काममा आपना नेता, कार्यक्रताहरुलाई जनताको घरदैलो पुगेर भदौसम्ममा आपनो संगठन निर्माण सक्न हालै सम्पन्न केन्द्रीय समितिले सम्पुर्ण समिति, भातृ संगठनका रुपान्तरण तथा पुनःगठन सक्ने भनि निर्णय पारित गरेको पनि पार्टी केन्द्रीय सदस्य अर्जुन लम्सालले जानकारी दिए ।