उपेन्द्र यादव नै पार्टी विभाजनको मुख्य कारकः अशोक राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टी विभाजनका मुख्य कारक उपेन्द्र यादव नै भएको आरोप लगाएका छन् ।
जसपा प्रभास संगठन बेलायतको जुम मिटिङमा अध्यक्ष राईले भने –‘पार्टीलाई मुठ्ठीमा राखेर अधिनायक चरित्रले महाअधिवेशनको तारतम्य मिलाउदै लाने अभिष्टले गर्दा पार्टी फुट्नुको विकल्प नभएको बताए’ । उनीले भने – ‘मलाई व्यक्तिगत कर्ननिङ गर्दा समेत पार्टीको हितलाई ध्यानमा राखेर अपमान पनि सहे’ । आफुलाई दलको नेता चयन नगर्दा उठेका आवजलाई पनि आफुले व्यतिm भन्दा पार्टी माथि रहेको हुनाले पार्टीमा लागेर पार्टी काम गर्न सुझाए ।

महाअधिवेशनमा मधेश प्रदेशमा प्रत्यक्ष हस्तक्षेप गरी विनाकारण भईरहेको अध्यक्षलाई हटाएर आफु स्वास्थ्यमन्त्री भएका बेला नीजि सचिव राखेका सि.अ.ए.व. जस्तो गौर राजनीतिक व्यक्तिलाई मधेश प्रदेश अध्यक्ष बनाएको र मधेश आन्दोलनका अग्रज नेताहरुलाई साईड लगाएर उनीलाई नै प्रयोग गरी रातारात नक्कली संगठित सदस्य तयार पार्न लगाए ।

विधि र विधानको धज्जी उठाउने काम गरे ।
पार्टीको विधान अनुसार सदस्यता लिएको एक वर्ष पुगे मत हाल्न पाउने, ५ बर्ष पुगे महाधिवेशन प्रतिनिधी हुने, १० वर्ष पुगे केन्द्रिय सदस्यता हुन पाउने र १ कार्यकाल पुरा गरेका केन्द्रीय सदस्य पदाधिकारी हुन पाउने मापदण्ड पालना गरेन ।
कार्यकरिणी समितिले निर्वाचन समिति गठन गर्ने र निर्वाचन समितिले तयारी पारेको निर्वाचन निर्देशिका कार्यकरिणी समितिले अनुमोदन गर्नु पर्ने थियो तर त्यसो गरेनन् ।
१८ सदस्य कार्यकरिणी समिति सदस्य मध्ये ८ जनाले निर्णय गरेर परिपत्र जारी गरे । यहि नै पार्टी विभाजन मूल कारण भयो ।

केही समय अगाडी केन्द्रीय समितिलाई पुर्णता दिएका उपेन्द्र यादवले साउनको २७,२८,२९ र ३० गते सम्म केन्द्रीय समितिको बैठक काठमाडौंमा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार