जसपा सप्तरीका सम्योजकमा सत्यनारायण यादव

जनता समाजवादी पार्टीले सत्यनारायण यादवको सम्योजकमा जिल्ला समिति घोषणा गरेको छ । राजविराजमा आयोजित जिल्ला कार्य समिति घोणण सभाले क्रमशः महिला समितिको सम्योजकमा अनुराधा साह र युवा सम्योजकमा शिवम यादव चयन गरेको छ ।

उक्त कार्यक्रम जसपा अध्यक्ष माननीय अशोक राईले उद्घाटन गर्नु भएको थियो । सह अध्यक्ष रेणु यादव , उपाध्यक्ष महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. नवलकिशोर साह, महासचिव मो. ईश्तियाक राई, उपमहासचिव खानेपानी मन्त्री मा. प्रदिप यादव, मधेश प्रदेश अध्यक्ष अशोक यादव लगाएतको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टीले मधेश प्रदेशका जिल्लाहरुमा र देशै भरि समिति निर्माणमा तिव्रता दिएको छ । पहिलो केन्द्रीय समितिको बैठकले भदौको समान्त सम्ममा रुपान्तरण र पुनः निर्माण सक्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार