जनता समाजवादी पार्टीका महासचिव मो. ईश्तियाक राईले उपेन्द्र यादव सत्ता बाहिर रहदा मात्र मधेसको हक अधिकार खोज्ने सत्तामा रहदा बिर्सने गरेको आरोप लगाए ।
उपेन्द्र यादवको एकांकी व्यवहार अनि दम्म र निरंकुश शैलिकै कारण पार्टी फुटेको बताए ।
उपेन्द्र जी चुनावमा हार व्योहोरी पछि सवै नेता कार्यक्रताहरुलाई शंखा गरेर हेर्ने गरेको बताए । उनी पछिल्लो समय सानो घेरामा रमाउन थालेको, परिवारवादमा बसेको र पदकालागि तल्लो स्तरको व्यवहार प्रर्दशन गरेकोले पनि पार्टी फुट्नुको विकल्प नरहेको बताए ।
उनी भने –‘जनताको सशक्त आवाज उठाउन र नयाँ ढंगले जानका लागि र मधेशी, जनजाती, खस, आर्य, मुशल्मान, दलित, महिला लगाएतमा हुदै आएको सवै खालका विभेदको अन्त्य र हक अधिकारका प्राप्तिको सुश्चितका लागि जसपा गठन भएको कपिलवस्तु जिल्ला भेलामा बताए ।’
उत्त भेलाले जसपा कपिलवस्तुका अध्यक्षमा ईरफान खाँलाई चयन गरेको छ । खाँ को सम्योजनमा २१ सदस्य जिल्ला कार्यसमिति घोषणा गरेको छ ।
प्रदेश अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा भएको भेलामा जसमा केन्द्रीय सदस्यहरु मनिकर कार्की र नविन सुनवार लगाएतको उपस्थिति रहेको थियो ।