आन्दोलनको नाममा छानविन प्रकृयालाई प्रभावित गर्न खोज्नु अत्यन्त दुःखद विषय हो ः जसपा

राष्ट्रिय स्वतन्त्र पार्टीलाई आन्दोलनको नाममा न्याय निरुपणमा बाधा नपुर्याउन जसपा महासचिव मो.ईश्तियाक राईद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

संसदबाट गठित ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले तयार गरेको प्रतिवेदनलाई प्रतिनिधिसभाबाट नेपाल सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न दिइएको निर्देशन अनुसार छानबिन तथा प्रकृया अघि बढिरहेको अवस्थामा छानविन र अभियोजनको कामलाई नै प्रभावित गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायतहरुबाट भइरहेको गतिविधि प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुरयाउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनुपर्दछ । जनता समाजवादी पार्टीले अख्तियार प्राप्त निकायबाट हुने छानविनमा सहयोग गर्न रास्वपालाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार