गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले भेटे प्रकृति लम्सालको परिवार

सण्डे खवर २०८१
काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् ।

आज बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् । भेटमा उनीहरुले परिवारलाई ढाडस दिएका छन् ।

भेट बारेमा परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, प्रकृतीको न्यायका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार