काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।
खड्काले भैरहवा कारागारमा पुर्पक्षको लागी थुनामा रहेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोप छ । हस्ताक्षर गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि त्यसबारे यकिन गर्न बोलाइएको डीआईजी घिमिरेले जानकारी दिए ।
सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

271 पटक हेरिएको 

