नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण सरकारलाई संविधान पढ्न पनि सुझाव दिए।
‘सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस्,’ उनले भने।
सरकारले विगतमाजस्तै स्टन्ट गर्दै गए जेन–जी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल

47 पटक हेरिएको 

