प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको सण्डे खबरलाई जानकारी दिइन्।
गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो।
गुरूङ यसअघि पनि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोत विवाद देखिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन पनि भएको थियो।
छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए।

434 पटक हेरिएको



