गोवा । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आग्रह गर्नुभएको छ । बिहीबार सांघाई सहयोग संगठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा भारतीय विदेशमन्त्री सुब्रहृमण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गर्नुभ...

