सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्छौं : उपेन्द्र यादव

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनु भएकाे छ।

अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उहाँले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताउनु भयाे ।

आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयाे, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’

अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताउनु भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार