अभिनेता करण देवलले गरे इन्गेजमेन्ट

एजेन्सी । भारतीय अभिनेता सन्नी देवलका छोरा अभिनेता करण देवलले प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरका अनुसार करणले हजुरबुबा धर्मेन्द्र देवल र हजुरआमा प्रकाश कौरको विवाह वार्षिकोत्सव पारेर इन्गेजमेन्ट गरेका हुन् ।

करण देवल जुनमा आफ्नी प्रेमिकासँग विवाह गर्दैछन् । करणको प्रेमिकाको बारेमा धेरै जानकारी बाहिर आएको छैन ।

करणको विवाहमा नजिकका साथीभाइ र परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन् । करणकी प्रेमिका भने फिल्म उद्योग भन्दा बाहिरकी हुन् ।

करणले सन् २०१९ मा सन्नी देओल निर्देशित फिल्म ‘पल पल दिल के पास’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए ।

करणले फिल्म ‘यमला पगला दिवाना’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । करण चाँडै नै धर्मेन्द्र, सनी देवल र बबी देवलसँग ‘अपने २’ मा देखिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार