‘तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक होल्डमा राखेर नेपाली जनतामाथि अन्याय गर्नुभयाे’

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक होल्डमा राखेर नेपाली जनतामाथि अन्याय गरेको बताउनु भएकाे छ ।

आज बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले संसदकाे यही सदनले नागरिकता विधेयक २/२ पटक पारित गरेर तत्कालिन राष्ट्रपतिसमक्ष पठाइए पनि प्रमाणीकरण नभएकाे बताउनु भयाे

उहाँले भन्नुयभाे, ‘२/२ पटक दुवै सदनले पारित गरेर पठाउँदा पनि तत्कालीन राष्ट्रपतिले त्याे नागरिकता विधेयक हाेल्डमा राख्नुभयाे,प्रमाणीकरण गर्नुपर्नेमा गर्नु भएन, उहाँले हाेल्डमा राख्नु भयाे, कि त संसदलाई फिर्ता पठाउनु पर्थ्याे, तत्कालीन राष्ट्रपतिले चाँहि हाेल्डमा राखेर सदनलाई जानकारी पनि नगराउने अनि हाेल्डमा राख्नु भयाे, त्यसकरण अहिलेका वर्तमान राष्टपतिले त्याे नागरिकता विधेयक त्यहीबाट प्रमाणीकरण गर्नुपर्छ।’

उहाँले वर्तमान राष्टपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकता बिहीनलाई न्याय दिनुपर्नेमा जाेड दिनुभयाे । उहाँले नागरिकता बिहीनहरू अहिले पीडामा रहेकाे बताउनु भयाे।

उहाँले भन्नुभयाे, ‘बुवा आमा नेपाली नागरिक, सन्तान अनागरिक, कुन कानुनले यस्ताे गर्न पाइन्छ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार