‘जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य हुनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठमा मात्रै खर्च भइरहेको भन्दै त्यस्तो अभ्यासको अन्त्य गर्नुपर्ने बताए ।

उनले नेपाललाई विकाशोन्मुख देशको सूचीमा उकाल्न सरकारले बजेटमार्फत आवश्यक नीति र कार्ययोजना अंगाल्नुपर्ने माग गरे ।

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी सुविधामा शिक्षा र स्वास्थ्य सुविधा लिँदा सार्वजनिक संस्थाबाट मात्रै लिन पाउने गरी कानुन बनाउनुपर्ने बताए ।

‘कुनै पनि नागरिकलाई विदेशमा उपचार गर्न सरकारले खर्च नदिने भनेर ऐन बनिसकेको छ । तर त्यो ऐन अहिले कार्यान्वयनमा छैन,’ उनले भने, ‘सार्वजनिक पद धारण गरेका व्यक्ति वा उनका परिवारले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबाहेकका सस्थाबाट सेवा लिन मिल्दैन । त्यस्तो प्रबन्ध गर्ने कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।’

उनले काठमाडौंमै उच्चस्तरको अस्पताल बनाउन र सार्वजनिक पद धारण गरेका कोही पनि व्यक्तिलाई विदेशमा उपचारमा लैजानुपर्ने अवस्था भए त्यस्तो उच्चस्तरीय अस्पतालको सिफारिसका आधारमा मात्रै विदेश लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार