जसपाको विधान अधिवेशन असारमा, यी हुन् बैठकका निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान महाधिवेशन आगामी असार ९–११ हुने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र तथा निष्पक्षरूपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह पनि गरेको छ ।

यसैगरी, संसद्बाट दुई पटकसम्म पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय भएको उनले बताए ।

प्रदेश नम्बर १ को नामकरणविरुद्व जारी आन्दोलनमा दमन बन्द गरी पुनः नामकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले जसपाको राजनीतिक समितिमा बाराका रामकिशोर यादवलाई मनोनयन गर्ने निर्णय पनि गरेको बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार