झलनाथ खनालले भने – अमेरिकाले नेपाललाई खेल मैदान बनाउन खोज्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिएको बताएका छन् ।

काठमाडौंमा बुधवार ३१औं मदनआश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

खनालले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’

उनले अहिले देश सङ्कटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । एमसिसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुन्डहरू नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए ।

उनले नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरू सचेत रहनुपर्ने बताए । खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार