क्यान्टोन्मेन्टमा भ्रष्टाचार देखिए म आफैँ जेल जान्छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार देखिए आफैँ जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले शिविरमा कुनैपनि अनियमितता नभएको आफ्नो विश्वास रहेको बताए ।

उनले २०४६ सालदेखिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्न आफू तयार रहेको समेत उल्लेख गरे ।

आजको कार्यक्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले क्यान्टोन्टमेन्टमा भएको भ्रष्ट्राचारबारे फाइल खोल्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न सोधेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार