रास्वपालक्षित पोखरेलको टिप्पणी – ‘पपुलिस्ट’ र छोएरै रोग निको पार्ने ‘सिमान्त गुरू’ एकै हुन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित गर्दै यो टिप्पणी गरेका हुन् ।

उनले पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको आरोप लगाए ।

उनले लेखेका छन् ‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्थ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाइ दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन ।’

उनले उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरूमा के अन्तर भयो र ? भन्दै टिप्पणी गरेका छन् ।

‘यसरी उद्देश्य विहिन पपुलिस्ट कुरागर्नेहरु र छोयरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापितगर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुदैन,’ उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार