प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नबाट पन्छिएका छन्।

शनिबार एमाले सांसद योगेश भट्टराईले बोआओ फोरममा सहभागी नभएको विषयमा चिनियाँ राजदूतले आपत्ति जनाएको भन्दै प्रश्न सोधेका थिए। सांसद भट्टराईले हालै अमेरिकाको स्टेट डीपार्टमेन्टले नेपालमा धर्मसम्बन्धी गरिएको रपोर्टबारे पनि प्रश्न सोधेका थिए।

प्रधानमन्त्री प्रचण्डले धर्मसम्बन्धी रिपोर्टबारे सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाएको संसदलाई जानकारी गराएका थिए। तर बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको प्रश्नको उत्तर दिन भने उनी चाहेनन्।

गत बिहीबार चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी र बोआओ फोरम सहभागी नहुनुको कारणबारे सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए। यस विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको थियो।

स्रोतका अनुसार राजदूत त्यस दिन बिहान १० बजे प्रधानमन्त्री निवास पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा सघन छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले गत मंगलबार राष्ट्रियसभा बैठकमा चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा सहभागी नभएको अभिव्यक्ति दिएका थिए।

‘उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन। माननीय सदस्यहरूलाई प्रस्ट होस्, बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्ठ्यारो बुझेर तपाईँ बोआओ फोरममा जान सम्भव देखिरहेको छैन। अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझिदिनुभएको धन्यवाद भनेको थिएँ,’ उनले भनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार