‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्धलाई बिगार्छ, विश्वासको संकटलाई बढाउँछ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको टिप्पणी गरेका छन् ।

भारतले आफनो नयाँ संसद भवनमा राखिएको भितेचित्रमा अंकित भौगोलिक पहिचानप्रति चासो व्यक्त गदैृ उनले ट्विटमा यस्तो बताएका हुन् ।

उनले नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताए ।

उनले भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ ।’

भारतले केही दिनअघि मात्रै उक्त संसद् भवन उद्घाटन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार