काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् । हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । यस्ता छन् संयुक्त पत्रकार सम्मेलनमा शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची
–बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
–नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
–अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
–सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
–क्रस बोर्डर पेमेन्टबारे समझदारी