प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मु भेटवार्ता गरेका हुन् ।

भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भएकाे हाे ।

त्यस्तै राष्ट्रपति मुर्मुले हालैका वर्षहरूमा नेपाल–भारत द्विपक्षीय सहयोग बलियो हुँदै गएको उल्लेख गरिन्। उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

साेही क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच द्विपक्षीय वार्ता भएको थियो ।

उक्त संवादमा नेपाल र भारतबीच ऊर्जा, व्यापार र सहयोग प्रवर्द्धनका विषयमा छलफल भएको थियो । यस क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री पुष्पकमलको उपस्थितिमा दुई देशबीच धेरै क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो ।

साेही क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रुपमा रेलमार्गको कुर्था–बिजलपुरा खण्डको ई–योजनाको अनावरण गरेका थिए। दुवै नेताले बथनाहाबाट नेपाल भन्सार राेडसम्मको भारतीय रेलवे कार्गो ट्रेनलाई झण्डा देखाएर विदाई गरेका थिए ।

त्यस्तै दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतबीचको मोतिहारी–अमलेखगन्ज तेल पाइपलाइनको फेज–२ को संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार