नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको बताएका छन् ।

उनले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् । उनले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भएको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मैले भारत-नेपाल सम्बन्धमा विगत केही वर्षमा भएको प्रगति र यो सहयोगलाई अझ गहिरो बनाउने उपायहरूबारे फलदायी वार्ता गरेको छु । वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भए।’

चारदिने भारत भ्रमण रहेको प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार