विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानी कर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताउनुभयो ।

अध्यक्ष यादवले विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भएपनि कानूनी व्यवधानहरुल समस्यामा पार्ने गरेको बताउनुभयो । उहाँले न्यायालय निष्पक्ष हुन नसकेको बताउनु भयो । उहाँले ७३ प्रतिशत भन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्दैमा सकिने भन्दै यस हिसाबले मा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताउनुभयो ।

अध्यक्ष यादवले नेपालको प्राकृतिक श्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार