नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमण गर्नुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् ।

सोमबार बालुवाटारमा प्रधानन्त्री दाहालसँग राजदूत सोङले भेट गरेका हुन् । दाहाल र सोङबीच करिब के कुरा भएको थियो केही भनिएको छैन ।

बीआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा दाहाल र सोङबीच छलफल भएको बुझिएको छ ।

नेपालको आन्तरिक राजनीतिमा चीनले निकै चासो देखाउने गरेको छ । राजदूत सोङले नेपालका राजनीतिक दलका नेताहरूसँग निरन्तर भेट गर्दै आएका छन् । परराष्ट्र मन्त्रालयको अनुमति नलिएर सोङले राजनीतिक भेट गरेपछि विरोध भइरहेको छ ।

राजदूत सोङ विभिन्न जिल्लाहरूमा जाने, त्यहाँका राजनीतिक दलका नेताहरूसँग भेट्ने, आफ्नो राजनीतिक गतिविधिलाई नेपालको आन्तरिक मामिलाविरुद्ध हर्कत गर्ने गरेको आरोप छ ।

प्रधानमन्त्री दाहाललाई राजदूत सोङले चीन भ्रमणका विषयमा पनि छलफल गरेको बुझिएको छ । दाहाल चीन भ्रमणमा जाने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार