चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिए ।

‘चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा ? कतिमा खरिद भयो ? र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो ? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ ? के रहेछ ? इन्डिटेल कसरी जाने ? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु,’ यादवले भने ।

उनले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार