एमाले सांसद नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको:अस्पताल स्रोत

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो । एमाले ताप्लेजुङको सचिवालय सहभागी हुन ताप्लेजुङ पुगेका उनी अचानक बिरामी भएपछि हेलिकोप्टरमा ल्याएर मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

सांसदसमेत रहेका नेम्वाङलाई जिल्ला अस्पतालले उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि काठमाडौं ल्याइएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि नेम्वाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

नेम्बाङको शरीरको दाहिने भाग नचल्नुका साथै बोलीसमेत बन्द भएको थियो । अस्पताल पुर्‍याइएपछि उनको एमआरआई गरिएको थियो । त्यसमा उनको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार