क्यान्सर पिडित तामाङले भने: “सहयाेग गरेर मलाई बचाई दिनुहाेस”

काठमाडौं – आठ महिनादेखि घाँटीको क्यान्सरसँग जुधिरहेका संखुवासभा सभापोखरी–६ का लक्ष्मण तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

क्यान्सरको तेस्रो स्टेजसँग संघर्ष गरिरहेका तामाङले आफ्नो उपचारकै कारण सबै सम्पति सकिएको र अहिले उपचारका लागि खर्च अभाव भएकाले सहयोगको याचना गर्नु परेको बताएका छन् । उनले भने “सानो–सानो सहयोग गरेर भए पनि आफूलाई बचाई दिन सबैलाई आग्रह गरेका छन् ।” उहाँले अझै पनि पहिलाकै जस्तो स्वस्थ बन्ने हिम्मत जुटाइरहेको बताउँदै भने, ‘सक्नेले आर्थिक सहयोग गरिदिनुहोस् नसक्नेले स्वास्थ्य लाभको कामना गरिदिनुहोस ।’

उनले आफू बाँचेर देश र समाजका लागि केहि राम्रो काम गर्ने चाहना रहेको बताएका छन् । अहिले तामाङको उपचारमा सहयोग पुर्‍याउनका लागि आर्थिक संकलन अभियान समेत चलाइएको छ ।

परिवारलाई चिकित्सा खर्च अभाव भएकोले यो बोझ कम गराउन आर्थिक सहायता सङ्कलन अभियान सुरु गरिएको छ ।

सहयोगका लागि स्वयम लक्ष्मण तामाङ ( ९८६३२६७०४९, विकास ९७६५९६३३४४), – निश्चिल ९८४३५२४७६९, mankumar –९८६२०६६६३५ मा सम्पर्क गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार