जनता समाजवादी पार्टी,नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीका नेता,कार्यकर्ता तथा पार्टी प्रति सुवेक्षा राख्ने सम्पुणर् जनतालाई भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन एक विज्ञप्ति जारी गरेको छ ।
सम्मानित सर्वोच्च अदालतले अल्पकालिन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरुलाई मात्र जनता समाजवादी पार्टी,नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र स्थगित गरेको हो । संघिय सांसद, प्रदेश सांसद तथा सम्पुणर् जनप्रतिनिधिहरु जसले जनता समाजवादी पार्टीमा सनाखत गरि सकेका छन् उनीहरुलाई काम गर्न बन्देज लगाएको होईन । पार्टीको सम्पुणर् काम संविधानले दिएका समिति निर्माण, भेला, सम्मेलन, पार्टी समिति रुपान्तरण गर्ने जस्ता संगठानिक काम गर्न जनता समाजवादी पार्टीका महासचिव मो. ईस्तियाक राईले आपना कार्यक्रतालाई एक विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
पार्टीका महासचिव मो. ईस्तियाक राईद्धारा जारी विज्ञप्ति भनिएको छ-संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भई प्रमाण जारी भएको र सम्मानित सर्वच्च अदालतबाट न्याय निरुपण हुने विश्वास व्यक्त गरेका छन् ।


397 पटक हेरिएको 

