प्रसूति अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने- समस्या समाधान गर्न प्रतिबद्ध छु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेक छन्। अनुगमनसँगै मन्त्री यादवले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गरेका छन्।

अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यका साथ मन्त्री यादवले अनुगमन गरेक छन्। उनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग कुराकानी गर्दै अस्पतालका समस्याका बारेमा जानकारी लिएका छन्।
उनले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूलाई निर्देशन समेत दिए।
उनले नवनिर्मित भवनबाट छिटोभन्दा छिटो सेवा सुरुवात गर्न, पार्किङसहित अन्य समस्याको बारेमा विस्तृत प्रतिवेदन तयार पार्न पनि भनेका छन्। अनुगमनमा मन्त्रीसँगै मन्त्रालयका सचिव डा रोशन पोखरेललगायतका कर्मचारी र सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो।

त्यस्तै प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूलाई सेवा उपलब्ध गराउन अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार