जसपाद्वारा मुक्कुमलुङमा भएको प्रहरी दमनको विराध

ताप्लेजुङ्ग, माघ १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जनता समाजवादी पार्टीले एक विज्ञप्ति जारी गरी उत्त घटनाको भर्षना गरेके छ ।
प्रहरी दमनका कारण चार जना प्रदर्शनकारी र ४ जना प्रहरी घाइते भएका छन ।
सामान्य विरोधको क्रममा प्रहरीले अकस्मात गोली चलाउँदा यामबहादुर लिम्बू, सगुन लावती र धर्मवान पालुङ्वा गम्भीर घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएको छ। मंगल लावती सामान्य घाइते छन ।

केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले आइतबारबाट आन्दोलनको योजना बनाएको थियो। उक्त आन्दोलनलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी शनिवार नै पाथीभरा क्षेत्रको बलुडाडामा परिचालित भएका थिए। साँझ करिब ६ बजे प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको र प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रदर्शनकारीले गुलेली र ढुंगा प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताए। शनिवार दिउँसो पनि अश्रुग्याँस प्रहारसहित प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम मङ्गलवारदेखि सुरु भएपछि तनाव सिर्जना भएको हो। स्थानीय पहिचान पक्षधरहरूले केबलकारले धार्मिक क्षेत्रको मौलिकता मेटिने भन्दै ‘नो केबलकार आन्दोलन’ सुरु गरेका छन्।
किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले राज्यले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रदर्शनकारीलाई निशाना बनाई गोली चलाएको आरोप

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार