युनुसले बंगलादेशको भूमि अमेरिकालाई बेचेको हसिनाको गम्भीर आरोप

काठमाडौं । निर्वासनमा रहेकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसमाथि देशको भूमि अमेरिकालाई बेचेको आरोप लगाएकी छन् । उनले निर्वासनको एक वर्षपछि सोसल मिडियामा पोष्ट लेख्दै बंगलादेशको सेन्ट मार्टिन टापु वासिङटनलाई जिम्मा लगाएको बताएकी हुन् ।

एनले सोही टापु अमेरिकालाई नदिएबापत आफ्ना पिता बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको हत्या भएको समेत स्मरण गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्- जतिबेला अमेरिकाले सेन्ट मार्टिन टापु मागेको थियो मेरो बुबा त्यसमा सहमत हुनुभएन । त्यसबापत उहाँले आफ्नो ज्यान गुमाउनुपर्‍यो । त्यही नै मेरो लक्ष्य थियो कि म सत्तामा बस्नका लागि आफ्नो देशको भूमि बेच्न सहमत हुन सकिनँ ।

सेन्ट मार्टिन टापु बंगालको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यो बंगादेश र म्यानमारको बीचमा अवस्थित छ । करिब ८ हजार जनसंख्या रहेको यो टापु पर्यटकको लागि आकर्षक गन्तव्य हो । ५ हजार वर्षअघि यो टापु टेकनफ प्रायद्धीपको भाग मानिन्थ्यो । बिस्तारै यो टापु आधाजति समुद्रमा विलिन भयो ।

करिब ४५० वर्षअघि आधा टापु फेरि जमिनी सतहमा आएको थियो, जसलाई सेन्ट मार्टिन टापु भनेर चिनिन्छ । भारतमा बेलायती उपनिवेश समाप्तिसँगै भएको विभाजनमा यो टापु पाकिस्तानको भागमा परेको थियो । सन् १९७१ म पाकिस्तानबाट बंगलादेश टुक्रिएपछि बंगालको भागमा पर्‍यो ।

यो टापु बंगलादेशको अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । यही टापुलाई अमेरिकाले सैन्य रणनीतिक महत्वका साथ आँखा लगाएको आरोप छ । बंगालको खाडीबाट यो क्षेत्रमा सैन्य हमला गर्न उक्त टापु रणनीतिक ठाउँमा छ ।

हिन्दूस्तान टाइम्सले एउटा रिपोर्टलाई उद्धृत गर्दै अमेरिकाले सधैँभरी यो टापुमा आफ्नो सैनिक आधार राख्न चासो व्यक्त गरिरहेको थियो । आफूले अमेरिकाको सो चाहनामा बाधक बनेपछि अपदस्थ गरिएको दावी हसिनाको छ ।

अमेरिकाले यो क्षेत्रमा चीनको प्रभाव रोक्नका लागि पनि सो टापुमा सैन्य बेस राख्न खोजेका छ । जब हसिनाले अमेरिकाको चाहनाविपरीत उल्टै चीनसँग बीआरआई सम्झौता गरिन्, त्यसपछि अमेरिका उनीसँग रुष्ट थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार