सल्यानका नेकपा उम्मेदवार रमेश मल्लका यस्ता छन् प्रतिबद्धता

सल्यानका नेकपा उम्मेदवार रमेश मल्लका यस्ता छन् प्रतिबद्धता

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्लले भौतिक पूर्वाधार, पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, विद्युत, सिँचाई र उत्पादन वृद्धि लगायतका विषयलाई प्राथमिकता दिएर आफ्नो प्रतिबद्धता पत्र ल्याएका छन् । उनले सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसकेका जनप्रतिनिधिहरुले शुरु गरेका आयोजनाहरुलाई पूर्णता दिने स्पष्ट पार्दै जिल्लास्तरका रणनीतिक तथा निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वयमा काम गर्ने बताएका छन् ।

भौतिक पूर्वाधारको विकासमा मुख्य प्राथमिकता

उम्मेदवार मल्लले भौतिक पूर्वाधारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन् । राप्ती लोकमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, लुम्बिनी(रारा लोकमार्ग, जिल्ला पर्यटकीय चक्रपथ सल्यान, खलङ्गा–मार्के –कालिमाटी रामपुर–घुइयाबारी–खर्कबार–कोहलपुर निर्वाचन क्षेत्र रणनीतिक सडकलाई प्राथमिकतामा राखेका छन् । उनले प्रदेश राजधानी सुर्खेत जोड्ने लोकमार्गहरू, प्रादेशिक रणनीतिक सडकहरू, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने प्रदेश सडकमार्गहरूको पूर्णता र स्तरोन्नति हाम्रो मुख्य प्राथमिकतामा राखेका हुन् ।

जिल्लाभित्रका सबै पालिका र वडा कार्यालयहरूसम्म पक्की सडक, आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माणका साथै सबै टोल, बस्तीमा यातायात सेवा पु¥याउने योजना मल्लले अघि सारेका छन् । आवश्यक ठाउँहरुमा टेलिफोन टावर र पूर्वाधारको व्यवस्था गरि २ वर्ष भित्र सबै घरमा गुणस्तरीय सञ्चार सुविधा पु¥याउन पहल गर्ने पनि उनको भनाई छ । त्यस्तै, उनले सार्वजनिक सेवा प्रवाह हुने सम्पूर्ण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितता गरिने, डिजिटल साक्षरताको विस्तार र सार्वजनिक सञ्चारका माध्यमहरूलाई व्यवस्थित गर्ने पनि उनको प्राथमिकता छ ।

“पर्यटन गुरूयोजना” बनाएर पर्यटनको क्षेत्रमा काम गरिने

उनले जिल्लाको पर्यटन विकासका लागि “पर्यटन गुरूयोजना” बनाएर काम गर्ने बताएका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, शैक्षिक र युद्ध पर्यटनजस्ता क्षेत्रको एकीकृत आयोजना निर्माण गरिने बताइएको छ । पर्यटकीय गन्तव्यहरू कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, लक्ष्मीपुर शिव मन्दिर, फालाबाङ पुतली दरबार, ¥याले पौवा लगायतका पूर्वाधार संरक्षण र प्रवर्धन गरिने उल्लेख गरिएको छ । त्यस्तै, कुमाख, निगालचुला, जथाक लेक (पाथिभरा), सुकिदह, कछुवा दह, मालिका लेक, बामे लेक, कालीमाटीको गंगामाला देउतीबज्यै मन्दिर, त्रिवेणीको तीर्थशाला धाम, शिद्धगुफा, देवस्थल कृष्ण मन्दिर, मालिका(कालिका, कोटमौला कालिका मन्दिर, बडागाउँ नाउला दरबार, लखिमपुर, रिमको शिवगुफा, ब्याउलाब्याउली ढुङ्गा, शिव पाइला, सातामुल लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा केही नयाँ ट्रेकिङ रूट र नयाँ पर्यटकीय गन्तव्यको निर्माण र प्रवर्धनलाई प्राथमिकता दिइएको छ ।

जिल्लामा कृषि क्याम्पसको स्थापना, जिल्ला अस्पतालमा शैय्याको क्षमतामा विकास गरिने

जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्ने प्रतिबद्धता छ । विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु आफुहरुको कार्यभार भएको बताइएको छ । क्याम्पस र विद्यालयहरूमा भौतिक पूर्वाधारको निर्माण, आवश्यक दरबन्दीको व्यवस्थापन, प्राविधिक धारका शैक्षिक कार्यक्रमहरूको विस्तार र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, सतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना जस्ता कार्यमा विशेष जोड दिइने प्रतिबद्धता गरिएको छ ।
सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चालिने भन्दै तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्ने र क्रमशः १०० शैय्यामा स्तरोन्नति गर्न पहल गर्ने भनिएको छ । सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने मल्लको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार