विवाह र सन्तानप्रतिको अनास्थाले चीनमा गम्भीर बन्दै सामाजिक-आर्थिक समस्या

बेइजिङ । युवा पुस्ताको बढ्दो जनसंख्याको चुनौतीको बीच चीनमा विवाहको संख्या एक दशकमा उल्लेखनीय ५० प्रतिशतले घटेको छ। यसबाहेक, दम्पतीहरूमाझ बढ्दो बच्चा नपाउने मनोवृत्तिले चीनको जनसांख्यिकीय संकटलाई थप मारमा पारेको छ। बेइजिङ सरकारले विवाह र त्यसपछिको जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्नका लागि धेरै उपायहरू चालेको भए पनि ...

चीनको खेलकुद भ्रष्टाचारको चपेटामा

बेइजिङ । चीनको खेलकुद भ्रष्टाचारको चपेटामा परेको छ, जसले चीनलाई बद्‌नाम मात्र गराएको छैन, यसले खेलाडीको जीवनलाई नै तहसनहस बनाउने काम गरेको छ। ओलम्पिक लगायतका विश्व खेलकुदमा चीनले पदक तालिकामा धेरै जसो शीर्ष स्थान कामय गरेको भए पनि पछिल्लो समय निकै विवादित बनेको छ। राजनीतिक प्रोत्साहनका कारण चीनमा निकै लोकप्रिय भएको ...

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ ...

एक दशकदेखि चिनियाँ महत्वाकांक्षी परियोजना नै विवादको भुंग्रोमा

काठमाडौं । चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभको दश वर्ष पूरा भए पनि यसबीचमा यो परियोजना विवादको भुंग्रोमा परेको छ। चीनले कोभिड अवरोध, लागत झडप र घरेलु समस्याहरूको संयोजनको रूपमा बेइजिङलाई परियोजनाको स्केलको पुन: मूल्याङ्कन गर्न बाध्य तुल्याएको छ । सन् २०१३ मा सुरु गरिएको कनेक्टिभिटी बढाउन र एशिया बाहिर आर्थिक...

चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त

काठमाडौं । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्। तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। अब परराष्ट्रमन्त्...

अन्तर्राष्ट्रिय मञ्‍चमा एक्लिँदै चीन, बाह्य व्यापारमा मन्दीको सामना

बेइजिङ । चीन आर्थिक रुपमा अन्तर्राष्ट्रिय मञ्‍चहरुमा एक्लिँदै गएको संकेतहरु देखिन थालेका छन्। यसले चिनियाँ अर्थतन्त्रलाई सन् २०२० देखि महामारीको समयमा अनुभव गरेको मन्दीलाई पुन: प्राप्तिको बाटोमा बाधा पुर्‍याएको छ। जुन ७, २०२३ को बेइजिङबाट आएको एपी रिपोर्ट अनुसार मे २०२३ मा चीनको निर्यात मे २०२२ को तुलनाम...

आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् । युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् । चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्...

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीकाे प्रभाव घट्दै

बेइजिङ । सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को सदस्यता अभियानमा तीव्र गिरावट आएको छ। हालै सार्वजनिक भएको २०२२ को तथ्यांक अनुसार पार्टीको सदस्यता अभियानमा उल्लेखनीय गिरावट आएको देखिएको छ। पार्टीको सदस्यता वृद्धि दर १.४ प्रतिशत मात्रै रह्यो, जुन २०२१ को तथ्यांकको तुलनामा एकदमै कम हो। यसको विपरित, पार्टीले ...

चीनमा ‘बोधी ध्यान’ मा आस्था राख्‍नेहरुलाई जेल सजाय

बेइजिङ । गत महिना, बिटर विन्टरले बोधि गोङ्गमाथिको ज्यादती बारेमा रिपोर्ट गरेको थियो। जसलाई विदेशमा ‘बोधि ध्यान’ भनिन्छ र सन् १९९१ मा दि युमिङद्वारा सृजित सफल बौद्ध-किगोङ आन्दोलनको छोटो इतिहास प्रस्तुत गरेको थियो। जसलाई उनका अनुयायीहरू ग्रान्डमास्टर जिनबोधी भनेर चिनिन्छन् र यसको मुख्यालय अहिले क्यानाडामा छ। यसका संस्...

चीनको भ्रष्टाचार उच्चः यो वर्ष दुई लाख ५८ हजार जनामाथि कारबाही

बेइजिङ । चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ । चिनियाँ कम्युनिष्ट पा...