बेइजिङ । युवा पुस्ताको बढ्दो जनसंख्याको चुनौतीको बीच चीनमा विवाहको संख्या एक दशकमा उल्लेखनीय ५० प्रतिशतले घटेको छ। यसबाहेक, दम्पतीहरूमाझ बढ्दो बच्चा नपाउने मनोवृत्तिले चीनको जनसांख्यिकीय संकटलाई थप मारमा पारेको छ।
बेइजिङ सरकारले विवाह र त्यसपछिको जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्नका लागि धेरै उपायहरू चालेको भए पनि जन्मदर पुन: उकालो लाग्न सकेको छैन। यसले विशेष गरी वृद्ध जनसंख्या र घट्दो प्रजनन-महिला जनसंख्याको पृष्ठभूमिमा चीनमा ठूलो सामाजिक-आर्थिक समस्या निम्त्याइरहेको छ।
सन् २०१३ मा चीनका अधिकारीहरूले देशभर १३.५ मिलियन विवाह दर्ता गरेका थिए। तर, त्यसयता विवाहको संख्या तीव्र गतिमा घट्दै गएको छ। यो २०१९ मा ९.३ मिलियन र २०२१ मा ७.६३ मिलियनले घटेको छ। चिनियाँ सरकार जनसंख्या बढाउन गरिएको प्रोत्साहन प्रवृतिलाई उल्टाउन असफल भयो। चीनको नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले सन् २०२२ मा विवाहको संख्या झनै घटेर ६८ लाखमा झरेको देखाएको छ।
केवल एक वर्षमा, चिनियाँ जोडीहरू विवाह बन्धनमा बँधिने क्रम १०.५ प्रतिशतले घटेको छ, जसले चिनियाँ युवाहरूमा बढ्दो पीडा र वितृष्णालाई इंकित गर्दछ। ग्वाङ्डोङस्थित स्वतन्त्र जनसांख्यिकी हे याफुले चीनमा विवाह दर्ता सन् १९८० यताकै सबैभन्दा कम विवाह भएको बताएकी छन्।
याफुले घट्दो युवा जनसंख्या, कम लिङ्ग अनुपात, ढिलो विवाहको प्राथमिकता, उच्च जीवनयापन र बालबालिका हुर्काउने खर्च अत्यधिक हुने झन्झटका कारण चिन्ता बढेको छ परिणामस्वरुप चीनमा विवाह दर घट्दो छ। बेरोजगारी र कोभिड १९ को अवरोधहरूले पनि यो समस्यालाई थप बढाएका छन्।
चीनले सन् २०१६ मा जन्मदर सुधार गर्न एक सन्तान नीति खारेज गरेको थियो। यसले अन्तर-क्षेत्रीय विवाह दर्ता, दोस्रो बच्चाको लागि पाँच हजार नगद पुरस्कार, तेस्रोको लागि २०,००० र नि:शुल्क कलेज शिक्षा,जस्ता सुविधाहरू पनि ल्याएको छ।
तर पनि अवस्थामा भने सुधार हुन सकेको छैन। आर्थिक स्वतन्त्रतासँगै विवाह चिनियाँ महिलाहरुको लागी एक आवश्यकता वा युवाहरुको यौन व्यवहारको लागि एक पूर्व शर्त हुन छोडेको छ। यसबाहेक, करियर निर्माणमा प्राथमिकता र बच्चा जन्माउनुपर्ने पीडादायी प्रवृत्ति पनि विवाहप्रतिको चासो घट्नुको प्रमुख कारण हो।
जियाक्सिङ निवासी फाङ किनले दैनिक जीवनशैलीले उनलाई आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेकी छन् र धेरै मानिसहरूले यसमा नै जोड दिइरहेका छन्। ‘१० वर्ष पहिलेको तुलनामा अहिले ‘म विवाहित छु तर बच्चा छैन भनेर मानिसहरूलाई बताउँदा अन्योलमा भन्दा बढी ईर्ष्या हुने’ गरेको छ,’ किनले भनिन्।
चिनियाँ दैनिक सिनमिन इभनिङले गरेको सर्वेक्षणमा ७७ प्रतिशत चिनियाँ कलेजका विद्यार्थीहरूले आफ्नो आर्थिक अवस्थाका आधारमा बच्चा जन्माउने निर्णय गर्ने बताएका छन्। कम्युनिष्ट पार्टीको युवा संगठनले गरेको सर्वेक्षणअनुसार करिब ४४ प्रतिशत चिनियाँ महिलाले आफूले कहिल्यै विवाहबारे हतारमा निर्णय नगर्ने जवाफ दिएका छन्। ६९ प्रतिशतले ‘बच्चा जन्माउन नचाएको’ बताएका छन्। सर्वेक्षणले ‘जेन जेड’ मा विवाह गर्न इच्छुकतामा गिरावट आएको पनि देखाएको छ।
चीनको नेशनल हेल्थ कमिसनका वरिष्ठ अधिकारी याङ जिनरुईले लामो समयसम्म स्कूल शिक्षा, रोजगारीको बढ्दो दबाब र तनावपूर्ण जीवनका कारण विवाहप्रति चासो नहुने कारण बताए। विज्ञहरूले स्थितिलाई ‘जनसांख्यिकीय टाइमबम’ भनेका छन्। लाउ चाइना इन्स्टिच्युटका वरिष्ठ व्याख्याता डा ये लिउले भने, ‘विवाहप्रति युवा चिनियाँहरूको दृष्टिकोणले बढ्दो जनसांख्यिकीय संकटलाई परिवर्तन गर्ने बेइजिङको प्रयासमा ठूलो खतरा खडा गरेको छ।’
बच्चा जन्माउने महिलाको संख्या पनि घटेको छ। यो एक दशकमा मात्रै ४ करोड ६० लाखले घटेर २०१० मा ३८० मिलियनबाट २०२० मा ३३४ मिलियनमा झरेको छ। बुढ्यौली जनसंख्याको प्रभावले सन् २०१६ र २०२१ बीचमा प्रजनन उमेरका महिलामा प्रतिवर्ष ५० लाखले गिरावट आएको छ।
नागरिक मामिला मन्त्रालयका एक अधिकारीले भने, ‘विवाह र प्रजनन नजिकको सम्बन्ध छ। विवाह दरमा आएको गिरावटले जन्मदरलाई असर गर्छ, जसले आर्थिक र सामाजिक विकासलाई असर गर्छ।’
ढिलो र कम विवाह, प्रजनन उमेरका महिलाहरूको घट्दो संख्यासँगै वृद्धावस्थामा तीव्र वृद्धि भइरहेको छ। यसको अर्थ सामाजिक दायित्वहरू निरन्तर बढ्दै गए पनि श्रमशक्तिको उपलब्धतामा कमी आइरहेको छ। यी सबैले चीनको घरेलु माग र आर्थिक बृद्धिमा सम्भावित मन्दी ल्याउने हङकङका अर्थशास्त्री झाङ झिवेईले बताए।
नीति अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धान फेलो डा सिउजियान पेङले भने, ‘घट्दो युवा पुस्ता र बढ्दो बुढ्यौली जनसङ्ख्या चीनको लागि वास्तविक चिन्ताको विषय हुनेछ। यसले चीनको अर्थतन्त्रमा हालदेखि २१०० सम्म गहिरो प्रभाव पार्नेछ।’