सर्वोच्चको फैसला नआएसम्म महाधिवेशन र सांगठनिक गतिविधि रोक्न शशांक कोइरालाको पत्र

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन्। संस्थापन इतर समूहका तर्फबाट पठाइएको उक्त पत्रमा अदालतमा मुद्दा विचारणाधीन रहेको ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं १०, श्रावण । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक 'नेपालको जलस्रोत' सार्वजनिक भएको छ। आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशि...

प्रशासकीय अदालतमा बढे मुद्दा, वर्षमै २१३ मुद्दाको फैसला तर पूर्वाधार अभाव

काठमाडौं । प्रशासकीय अदालतको क्षेत्राधिकार विस्तारसँगै मुद्दाको चाप पनि बढेको छ। सीमित पूर्वाधार र जनशक्तिबीच प्रशासकीय अदालतले आफ्नो कामलाई तीब्रता दिँदै एकै वर्षमा दुई सय भन्दा बढी फैसला गरेको छ । अघिल्ला वर्षहरूमा मुद्दाको संख्या र फैसलाभन्दा यसको आधी पनि हुने गरेको थिएन। आर्थिक वर्ष २०८२/८३ मा आफ्नो कार्यक्ष...

फेरिएको कर संरचनाले मूल्यमा कति पार्छ फरक विद्युतीय गाडीमा ?

१७ जेठ, काठमाडौं । सरकारले विद्युतीय गाडी (ईभी) मा परिवर्तन गरेको कर संरचनाले साविकको मूल्यमा सामान्य फेरबदल हुने भएको छ । सरकारले यसअघि ब्याट्री तथा इन्जिन क्षमताका आधारमा भन्सार महसुल सहित सरकारले कर असुल गर्दै आएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईभीमा अब भन्सार मूल्य आधार मानेर कर निर्धारण गर्ने गरी बजेट ...

मोरङ रतुवामाईका मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त बन्दै

काठमाडौं। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गरेको छ। मोरङको रतुवामाईबाट संवैधानिक पदको प्रमुख हुने कार्की पहिलो व्यक्ति हुन् । करिब दुई वर्षदेखि सर्वोच्च अदालतको रजिस्ट्रार (विशिष्ट श्रेणीको सचिवसरह) का रूपमा कार्यरत कार्कीको सिफारिससँगै करि...

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । उनलाई अब विभागले ७ दि...

वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग

पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन र मिलेमतोमा राज्यलाई साढे चार करोड रुपैयाँभन्दा बढी राजस्वको नोक्सानी पुर्‍याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जेनजी नागरिक समा...

केही फोटोलाई एआईबाट मिलाइएको।

चिनियाँ कम्पनीको दादागिरी, ८ प्रतिशत सारतत्व देखाएर करोडौंको राजस्व स्वाहा

विवादास्पद चिनियाँ कम्पनीहरूले अवैध रूपमा जडिबुटीको कारोबार गरिरहेको खुलासा भएसँगै ती कम्पनीहरूले अनधिकृत एवं गैरकानूनी रूपमा निर्यात अनुमति लिएर करोडौँको राजस्व छली गरेको तथ्य खुलेको छ। डिभिजन बन कार्यालय, पर्वतले बिना संकलन पुर्जी संकलन गरी करिव ७० टन चुत्रो प्रजातिको निर्यात हुँदा प्रति केजी २ प्रतिशतका दरले ...

आज चार बजे नयाँ दुई मन्त्रीले सफत लिदै- गृहमा सुधन, नवप्रवर्तनमा महावीर

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको सण्डे खबरलाई   जानकारी दिइन्। गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्त...

काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा सर्वसाधारणप्रति आभार व्यक्त गरेका छन्। मिति २०८२ असोज ५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेका थापा मिति २०८३ जेठ २...