३ फागुन, जनकपुरधाम । कक्षा १२ मा अध्ययनरत धनुषाको बटेश्वर गाउँपालिका–१ सोनापुरकी पिंकीकुमारी महतो हरेक दिन ३ किलोमिटरको दुरी साइकलमा आउजाउ गर्छिन् । २०७६ मा कक्षा ८ मा पढिरहेकी पिंकीले मधेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल निःशुल्क पाएकी थिइन् । कक्षा ६ मा पुगेपछि पढ्न करिब २ किलोमिट...

