नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।

सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार